काभ्रे, जिल्लाको नेपाल पत्रकार महासंघ शाखाले तीन वर्षे कार्ययोजना पारीत गरेको छ । महासंघको दोश्रो बैठकले पारित गरेका कार्ययोजनामा कम्तीमा पनि वार्षिक दुई पटक विभिन्न संघसंस्था तथास्थानीय सरकारसंगको सहकार्यमा पत्रकारका लागि विधागत रुपमा क्षमता अभिवृद्धि तालिम संचालन गरिने, पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति बढाउँन विभिन्न संघसंस्थासंग अन्तरक्रिया र सहकार्य गर्ने, महासंघको कार्यालय भवन थप व्यवस्थित तथा मर्मतको प्रक्रिया अगाडी बढाउने, पुस्तकालय निर्माण, पत्रकार महासंघ काभ्रेको वेबसाईट निर्माण, सदस्यता शुद्धीकरण गर्ने लगाएतका १३ वटा बुदाहरु रहेका छन्। उपाध्यक्ष विनोदकुमार न्यौपाने संयोजक तथा कार्यसमिति सदस्य अशोक महत र सुरज श्रेष्ठ सदस्य रहेको समितिले बनाएको कार्ययोजना कार्यसमितिको बैठकले अनुमोदन गरेको थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरुका लागि आपतकालिन राहत कोष, त्यसको बितरण तथा निर्णय गर्नको लागि कोषको कार्यविधि पारित गरेको छ। आपतकालिन कोषमा जम्मा भएको करिब ९ लाख रुपैयाँ कार्यविधि अनुसार बितरण गरिने अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले जानकारी दिए । यस्तै बैठकले पदाधिकारीको सचिवालय पनि गठन गर्ने, कार्यालय व्यवस्थापन जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले सदस्यता नवीकरण खुल्ला गरेको छ। यहि साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न बैठकले सदस्यहरुलाई आह्वान गरेको छ । तर नयाँ सदस्यता भने अहिले नखुल्ने र अरु बैठकमा यो ऐजेन्डामा छलफल हुने बताए । सदस्यता नबिकरणका लागि महासंघको विधानअनुसारको कागजात पेश गरेर सदस्यता नबिकरण गर्न सकिने कोषाध्यक्ष केदार तिमल्सिनाले जानकारी दिए ।