निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

गरिब परिवारका १०० जना बिद्यार्थीहरुलाई स्टेशनरी र कपडा वितरण

  •   ७ वर्ष अघि | २० माघ २०७६, सोमवार,    

काभ्रे, जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १०, वाल्टिङ्ग स्थित बिभिन्न ५ वटा बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।“मनकारी सहयोग आवश्यक विद्यार्थीलाई, भविश्यमा अनुशासित सभ्य नागरिक ! उपहार देशलाई” भन्ने मूल नाराका साथ रोशी गाउँपालिको श्री पञ्चकन्या माध्यमिक विद्यालय, श्री महाभारत प्रावि, श्री सरस्वती प्रावि, श्री बुद्धिबिनोद प्रावि, श्री जागेश्वर प्राविका १ सय जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको हो ।काभ्रे जिल्लाबासी मनकारी हातहरुको सहयोग, सर्वश्री क्वालीटी पिन्टर्स बनेपा ८, काभ्रेको आयोजनामा बनेपा ८, काभ्रेका सर्बश्री अधिकारीले वितरण गरेकी थिइन् । । रोशी गाउँपालिका भरिका ५ बिद्यालय मध्ये ४ वटा प्राविका २४ जना र श्री पञ्चकन्या माविका ७६ जना वालबालिकाहरु गरि १ सय जना बालबालिकालाई सहयोग हस्तान्तरण गरिएको थियो । साथै उक्त कार्यक्रममा अधिकारीकाे परिकल्पनामा नेपाल मा स्थापना भएको  कपडा बैंक मार्फत ल्याइएको बिभिन्न न्यानो कपडाहरु आर्थिक रुपले बिपन्न समुदायका करिब ५० जना बृद्धबृद्धाका साथै बालबालिकाहरुलाई वितरण गरिएको थियो ।दलित, लोपोन्मुख, अपाङ्ग र विपन्न बालबालिकाहरु गुणस्तरिय शिक्षाबाट पछाडी नपरुन् भन्ने कामनाका साथ काभ्रेपलाञ्चोक जिल्लाका मनकारी हातहरुको सहयोगमा संकलित सामाग्रीहरु हस्तान्तरण गरिएको अधिकारीले बताइन् । केही समय अगाडी सामाजिक सेवा अन्तर्गत घाइते गाइबस्तु तथा कुकुर जस्ता सडकमा भेटिएका जनावरको सेवा मार्फत आफुहरुलाई सामाजिक सेवा लाग्ने प्रेरणा मिलेको बताउने अधिकारीले साथीसंगी र सामाजिक संजालमा भेट भएका पत्रकारहरुका साथै आफन्तबाट संकलन गरेको रकम मार्फत बिद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको थियो । सामान्य आम्दानी भएका साथिहरुको मुठ्ठी मुठ्ठी सहयोग ल्याई सहयोग गर्न पाएकोमा धेरै खुसी लागेको उनको भनाई थियो । उनले भनिन् ‘यहाँहरुलाई दिएको मानिसको पसिना हो, पसिना नुनिलो हुन्छ र नुन सबै भन्दा ठुलो गुण हो ।’ उनले बिद्यार्थीहरुलाई असल, गुणी र चरित्रवान नागरिक बन्न आग्रह समेत गरिन् । ‘मह काट्नेले हात चाट्छ’ भन्ने भनाईलाई, ‘मह काट्नेले सबैलाई बाँड्छ’मा परिवर्तन गरिनु पर्ने भनाई उनको थियो ।कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङले सहयोगी मनकारी हातहरुलाई धन्यवाद् दिँदै यी र यस्ता मनकारी हातहरुका कारण समाजको विकास सम्भब रहेको र बिद्यार्थीमा गुणस्तरिय शिक्षा लिन सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा वडा सदस्य वलबहाद्र स्याङ्तानले थोपा थोपा मिलेर सागर बनेझै मुठ्ठी मुठ्ठी सहयोगले बिद्यार्थीहरुलाई धेरै ठुलो सहयोग भएकोमा खुसी ब्यक्त गरे ।कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले यस्तो किसिमको सहयोगले बिद्यार्थी मनोबलमा बृद्धि भई उनिहरुको शिक्षाको गुणस्तरमा विकास हुनेकुरा राखेका थिए । यसैगरी श्री पञ्चकन्या माध्यमिक विद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिकुमार सापकोटाले आर्थिक अबस्था कमजोर रहेका बिद्यार्थीहरुका लागि सुनौलो अवसर सिर्जना गरिएकामा खुसी ब्यक्त गर्दै धन्यवाद् ज्ञापन गर्नुभएको थियो । यसैगरी श्री पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक अभिभाबक संघका अध्यक्ष सेमन्तराज सापकोटाले गरिव र दीन दुखी अभिभाबकका लागि आफ्ना सन्तानको पठन पाठनमा सहयोग पुर्‍यउने मनाकारी दाताहरु प्रति धन्यवाद् ज्ञापन गरेका थिए ।यसै क्रममा छिमेकी प्राथमिक विद्यालयका प्रधानाध्यापक मध्येबाट श्री सरस्वती प्राविका प्रअ दिपेन्द्र यस्मालीले प्राथमिक तहका बालबालिकालाई उनीहरुको समस्या बुझी गरिएको सहयोगले उनिहरुलाई अझै हौसला मिलेको बताएका थिए ।उक्त कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक बिद्यालयमा गठन भएको श्री पुष्प बाटिका बालक्लबका अध्यक्ष अञ्जना हमालले बिद्यालयमा रहेका आर्थिक अबस्था नाजुक रहेका साथीहरुलाई दिने सहयोगी हातहरुलाई खुलेर प्रशंसा गरेकी थिइन् । कार्यक्रममा संस्थाका तर्फबाट अमृत अधिकारी, मनोज अमात्य, बिभिन्न बिद्यालयका प्रअहरु प्रवलराज सापकोटा, कृष्णबहादुर काल्तान साथै बिभिन्न बिद्यालयका शिक्षक शिक्षिकाहरुका साथै बिद्यार्थी अभिभाबकहरुको सहभागिता रहेको थियो । कार्यक्रम श्री पञ्चकन्या माविका बिब्यस अध्यक्ष हरिकुमार सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन शिक्षक सरोज सापकोटाले गरेका थिए ।

थप