जेष्ठ महिनामा काभ्रे जिल्लाकै उत्कृष्ट प्रहरी: रुपेश श्रेष्ठ

  •   ३ वर्ष अघि | १३ असार २०७८, आइतवार,    

काभ्रे ,जेष्ठ महिनामा काभ्रे जिल्लाकै उत्कृष्ट प्रहरीको उपाधी असई रुपेश श्रेष्ठले पाएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे दरवन्दी भई प्रहरी चौकी खोपासी काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रुपेश श्रेष्ठ जेष्ठ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

प्रहरी चौकी खोपासी काभ्रे अन्तर्गतको भित्रि सडक खण्ड तथा अन्य वडा क्षेत्रमा निरन्तर खटिई अवैध घरेलु मदिरा, लागूऔषध ओसार पसार तथा सेवन र चोरी नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न श्रेष्ठलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका अनुसार असई श्रेष्ठले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी प्रहरी चौकी खोपासी काभ्रे अन्तर्गतका वडा क्षेत्रमा कोरोना भाइरसबाट बच्न तथा सजगता अपनाउन सर्वसाधारणमा सन्देशमुलक एवं सचेतनामुलक प्रचार प्रसार तथा निशेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

थप