दाउराको लोभले एक महिलाको बाढीले बगाएर ज्यान गयो

  •   ३ वर्ष अघि | ३ असार २०७८, बिहिबार,    

बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा काभ्रेको तेमाल गाउँपालिका वडा न ७ ढुल्खु स्थाइ घर भएकी गिता कुमारी शाहलाई सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीले बगाएको शाह मृत अवस्थामा फेलमा परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
बिहान रामेछापका स्थानीयले सुनकोशीको किनारमा लास देखेपछि रामेछाप प्रहरी चोकीलाई खबर गरेका थिए । रामेछाप प्रहरी चौकीले तेमाल गाउपालिकामा खबर गरेर महिला मृत अवस्थामा भेटेको जानकारी दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार दाउरा लिन गएका आमा, बुहारी र छोरी दाउरा लिन गएको मध्ये छोरी गीताकुमारी शाह नदीमा डुवेकी थिईन । मृतक शाहको शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाईएको ईलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

थप