बनेपा हेल्थ केयरका प्रवन्ध निर्देशकले आर्थिक समस्या परेकालाई नि:शुल्क औषधि प्रदान गर्ने

  •   ३ वर्ष अघि | २ जेष्ठ २०७८, आइतवार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका नजिकै रहेको बनेपा हेल्थ केयरका प्रवन्ध निर्देशक जितेन्द्र थापाले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै यसो भन्नुभयो

 ( अहिलेको यो कोरोना भाइरसको विषम  परिस्थितिमा यदि यहाँहरु कसैको काम ठप्प भई आम्दानीको स्रोत बन्द भएर खानेकुरा वा औषधि सेवन गर्न नपाई पीडित  हुनुभएको छ भने कृपया हजुर र हजुरको परिवार औषधि नखाइ या खाली पेट नबस्नुहोस्। मेरो निजि नम्बरमा म्यासेज पठाउन नअन्कनाउनुहोस वा लाज नमान्नु होस्।

 म तपाईंहरुलाई मद्दत गर्न पाउदा खु:शि  हुनेछु र यो कुरा कसैलाई थाहा पनि हुने छैन ।हामी यहाँ छौं ,एक - अर्कालाई मद्दत गर्न र कुनै दिन यो कोरोना कहर सकिएर यहाँहरुको राम्रो  समय आयो र अहिले मैले गरेको सहयोग फर्काउन सहज भयो भने तपाईंहरुले फर्काउन पनि सक्नुहुन्छ। )
 समस्यामा परेका व्यक्तिले उहाँ लाई  यो नम्बरमा  ९८५१२०६५७१   सम्पर्क गरि समस्याको समाधान गर्ने सक्नुहुने छ। यस्ता महान व्यक्तिको कारण बिरामीको मनोबल बढ्नेछ। 

थप