काभ्रे, कोभिड १९ को महाहारी बढिरहेका बेला नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने संचारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलनका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरी प्रेस चौतारी काभ्रेले कोरोना विपद कोष स्थापना गरेको छ ।
प्रेस स्वतन्त्रता दिवसको अवसर पारी संकटमा उपचार तथा अन्य खालका समस्या सहितको गर्जाे टार्ने उदेश्यले कोरोना विपद कोष स्थापना गरिएको प्रेस चौतारी काभ्रेका संयोजक भूवन रायमाझीले जानकारी दिनु भयो । .यस अघि प्रेस चौतारी काभ्रेले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि कोरोनासँग जुध्ने स्वास्थ्य सामाग्री मास्क, स्यानिटाईजर लगायतका सामाग्री उपलब्ध गराएको थियो । कोरोना विपद कोषका लागि जिल्लाको ब्यापारीक शहर बनेपामा रहेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा र सुन्दर बस्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले १०÷१० हजार उपलब्ध गराएका छन् । उक्त रकम सहितको कोष उग्रतिर्थ सहकारीमा सोमबारबाटै शुरु गरिएको संयोजक रायमाझीले बताउनु भयो ।
नागरिकहरुलाई सत्य, तथ्य र निश्पक्ष सूचना प्रवाह गर्ने संचारकर्मीहरुका लागि कोरोना विपद कोषमा सहयोग गरेको उग्रतिर्थ सहकारीका अध्यक्ष मोहन गजुरेलले बताउनु भयो । गजुरेल आफै संचारकर्मी हुनुुहुन्छ । उहाँले उग्रतिर्थ सहकारीले प्रेस स्वतन्त्रता दिवसको अवसरमा कोरोना कोष स्थापना गरी रकम जम्मा गर्न पहल लिनु भएको थियो । सोमबार एक कार्यक्रमका बीच अध्यक्ष गजुरेल र प्रवन्धक शान्तमणी रिजालले प्रेस चौतारीका संयोजक भुवन रायमाझी र कोषाध्यक्ष लक्ष्मण तिमल्सिनालाई रकम हस्तान्तरण गर्नु भएको थियो । प्रेस चौतारी काभ्रेका संयोजक रायमाझीले संचारकर्मीहरुलाई जस्तोसुकै समस्या परेको अवस्थामा पनि समन्वय र सहयोग उपलब्ध गराउने गरी तयारी गरिएको बताउनु भयो ।
सोहि अवसरमा सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रोशन चौलागाईले पनि प्रेस चौतारी काभ्रेले स्थापना गरेको कोरोना विपद कोषमा १० हजार नगद सहयोग उपलब्ध गराउनु भएको थियो । उक्त कोषमा रकम बृद्धी गर्दै लैजाने योजना सहित संक्रमित तथा संक्रमति नभएर पनि संकटमा पर्ने संचारकर्मीहरुका लागि नगद नै सहयोग गर्ने गरी २० हजारबाट शुरु भएको कोरोना विपद कोषमा २ लाख रुपैया तत्कालै संकलन गरी जम्मा गर्ने योजना रहेको संयोजक रायमाझीले बताउनु भयो । प्रेस चौतारीले संचारकर्मीहरुका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री बनेपा स्थित बनेपा हेल्थ केयरले उपलब्ध गराएको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत बनेपा हेल्थ केयरले स्वास्थ्य कार्यालय काभ्रे अन्र्तगत स्वास्थ्यकर्मीहरु र संचारकर्मीका लागि मास्क, स्यानिटाईजर, फेस शिल्ड लगायतका सामाग्री उपलब्ध गराएको संचालक जितेन्द्र थापाले जानकारी दिनु भयो ।
उग्रतिर्थ सहकारी र सुन्दरबस्ती सहकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय बनेपालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । उग्रतिर्थका अध्यक्ष मोहन गजुरेल र सचिव एवं प्रवन्धक प्रवन्धक शान्तमणी रिजाल र सुन्दरबस्तीका अध्यक्ष रोशन चौलागाईले ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठलाई सामान हस्तान्तरण गर्नु भएको थियो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
प्रेस चौतारी काभ्रेले स्थापना गर्यो : कोरोना कोष
- ५ वर्ष अघि | २० बैशाख २०७८, सोमवार,