निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जस्तोसुकै घर बनाएपनि भुकम्प पिडित लाई राहत रकम दिनु। नत्र कारबाही हुन्छ ।मन्त्री बास्कोटा

  •   ७ वर्ष अघि | ८ माघ २०७६, बुधबार,    

काभ्रे : सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भुकम्पपीडितले बनाएको जस्तोसुकै घरको पैसा निकासा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले भुकम्पपीडितको रकम निकासा गर्न निर्देशन दिएका हुन् । जस्तोसुकै घर बनाए पनि भुकम्पपीडितको पैसा निकासा गर्ने निर्णय मन्त्रिपरिषद्कै भएको उनको भनाई थियो ।

‘अहिले इञ्जिनियरहरुले दुख दिएको सुन्छु, गाउँपालिकाका अध्यक्ष यही हुनुहुन्छ, म निर्देशन दिन चाहन्छु, जस्तो घर बनाए पनि भुकम्प पीडितको पैसा नरोक्नु, तुरुन्तै दिनु । इन्जिनियरले जे भने पनि भुकम्पपछि घर बनाएका जनताले पैसा पाउनुपर्छ’ उनले भने, ‘जसले दिन मान्दैन त्यसलाई कारबाही गर्नुस् । किनकी सरकारले भुकम्पपीडितले जस्तो घर बनाए पनि पैसा दिने निणर्य गरेको छ ।

थप