निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पोखराको मणिपाल शिक्षण अस्पतालमा चम्ल्याहा बच्चाको जन्म भएको छ।

  •   ७ वर्ष अघि | २ माघ २०७६, बिहिबार,    

पोखराको मणिपाल शिक्षण अस्पतालमा चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनिता पौडेल प्रधानले एकै पटक चम्ल्याहा बच्चा जन्माएकी हुन् । 

चार बच्चामध्ये तीन छोरी र एक छोरा छन् । सबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टर महेन्द्र पाण्डेको नेत्रित्वमा शल्याक्रिया गरी बच्चा जन्माइएको हो ।  बच्चामाध्ये पहिलो बच्चा छोरी १.६ किलो ग्राम, दोस्रो बच्चा छोरा १.३ किलो ग्राम, चेस्रो बच्चा छोरी १.३ किलो ग्राम र चौथो बच्चा छोरी १.४ किलो ग्राम रहेको अस्पतालले बताएको छ। 

थप