निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

दिपक-दिपाको पुण्यको काम अनाथालयलाई कपडा र खाद्यान्न वितरण

एक बर्षको घरभाडा सहित दृष्टि बिहिन हरुले चलाएको अनाथालयमा दिपक- दिपाको सहयोग

  •   ६ वर्ष अघि | १७ असोज २०७७, शनिबार,    

काठमाडौं । नेपालीको घर आँगनमा दशैं भित्रिँदैछ । बडा दशैंको टीकाको उत्तम साइत पनि सार्वजनिक भइसकेको छ । बालबालिकाहरुमा उमंग देखिन थालिएको छ । दशैंका लागि चाहिने कपडाको माग आफ्ना बुवाआमासँग बालबालिकाहरुले राख्न थालेका छन् । 

तर, कयौँ बालबालिकाको आफ्नो बुवाआमालाई भन्न नसक्ने वा नपाउने अवस्थामा छन्,  अर्थात विभिन्न कारणले अनाथ हुन पुगेका बालबालिकाहरु कसैले दिएमा खान र लाउन पाउने अवस्थामा छन् । कोरोनाभाइरस संक्रमणसँगै रोकथामका लागि चालिएका कदमले अरु क्षेत्रजस्तै अनाथालयहरु जोखिममा परेका छन् ।अनाथालयमा रहेका बालबालिकाहरुलाई खुवाउन र घर भाडा तिर्न पनि समस्या उत्पन्न भएको छ । यही बेला नेपालीको महान चाड दशैँ संघारमा आइपुगेको छ ।

काठमाडौंमा दशैंको चहलपहल बढिरहेको छ । मानिस सामान किन्न बजारमा भीड लाग्न थालेका छन् । तर, कपन बालुवाखानीमा रहेको एक अनाथालयका बालबालिकामा कुनै चहलपहल छैन ।अनाथालय चलाउने नन्दा सिंहलाई दशैँमा कसरी बालबालिकालाई खुसी बनाउने चिन्ताले सताउन थालेका छन् । तर, यही बेला उनीहरुको मुहारमा खुसी बोकेर कलाकारद्वय दिपकराज गिरी र दीपाश्री निरौलाले पुगे । 

दिपक र दीपाले दृष्टि विहीनहरुले चलाएको संस्थामा रहेका १३ जना बालबालिकाहरुलाई दशैंका लागि कपडा दिए । कपडा दिएको मनका आँखाले देखेका ती बालबालिकाहरुमा खुसी छाएको थियो ।बालबालिकाहरुमात्रै होइन संस्था चलाइरहेका नन्दा सिंह र गीता बस्नेतलाई पनि उनीहरुले दशैंका कपडा दिए । साथै दशैं कपडासहित केही खानेकुरा र आठ थान ब्लाङ्केट दिपक–दीपाले हस्तान्तरण गरिरहँदा बालबालिकाहरु र नन्दा सिंह अनुुहारमा खुसी छाएको थियो । ताली बजार खुसी प्रकट गरेका थिए । 

दीपक–दीपा तथा दीपाका बुवा दशैं कपडासहित सहयोग गर्न आएकोमा खुसी व्यक्त गर्दै नन्दाले स्वागत गरिरहँदा महोल स्तब्ध बनेको थियो । नन्दाले अनाथालय सञ्चालन गर्दा भोग्नुपरेको समस्या सुनाइरहँदा दीपा र उनका बुवाको आँखाबाट आँशु झरिरहेको थियो भने दिपक पनि शब्दविहीन बनेका थिए । 

लकडाउनका कारण संस्था चलाउन भइरहेको समस्या नन्दाले सुनाइन् । लकडाउन अघि कालीमाटीबाट तरकारी ल्याएर बेच्दै खर्च धानेको भन्दै उनले तर कोरोना कहरसँग तरकारी ल्याएर बेच्न नसक्दा आर्थिक समस्या भएको जानकारी दिइन् ।

थप