बनेपा वडा नं १० को योजना अनुगमन ,निरीक्षणमा प्रमुख -उप प्रमुख - ६० प्रतिशत निर्माण सम्पन्न वडा अध्यक्ष

  •   २ वर्ष अघि | ७ पुस २०७८, बुधबार,    

काभ्रे । बनेपा नगरपालिका वडा नं १० मा सुरु भएका अथवा निर्माण सम्पन्न भएका विभिन्न योजनाहरुको आज अनुगमन तथा निरीक्षण गरिएको छ।
योजना अनुगमन तथा निरीक्षणमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरहसिंह बादे श्रेष्ठ ,  उपप्रमुख रेखा सापकोटा दाहाल ,वडा नं १० का वडा अध्यक्ष चन्द्र बहादुर  खड्का ,विभिन्न योजनाका उपभोक्ता समितिका अध्यक्ष हरुको उपस्थिति मा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको थियो।
बनेपा दिमोर्डन पेट्रोल पम्प अगाडि रहेको इतिहासको सम्झना दिलाउने सेतो पाटीको पनि अनुगमन गरियो उक्त सेतो पाटी पुन:निर्माण को लागि पुर्व मन्त्री गोकुल बास्कोटाको पहलमा पुरातत्त्व विभाग बाट  केन्द्रीय सरकारको ७६ लाख बजेटबाट निर्माण सम्पन्न भएको सेतो पाटी हो ।
सेतो पाटीमा पहिले पहिले हिड्दा, बटुवालाई  रातिको समयमा  बसोबास गर्नका लागी तयार पारिएको पाटी हो भन्ने इतिहास छ।
उक्त पाटीमा पहिले विपि कोइराला पनि रात बस्नुभएको थियो भन्ने  इतिहास सुन्न पाइन्छ ।
योजनाहरु अनुगमन गर्ने क्रममा वडा नं १० कै 
उग्रतारा मार्ग तल्लो भञ्ज्याङ बाट माथिल्लो भञ्ज्याङ - वाल निर्माणमा गत बर्ष प्रदेश बाट ५० लाख र आ.ब मा नगरपालिका बाट १० लाख स्थानीय बाट १५ प्रतिशत गरि उग्रतारा मार्ग तल्लो  भञ्ज्याङ बाट माथिल्लो भञ्ज्याङ सम्म सडक छेउमा पर्खाल लगाएर बाटो फराकिलो बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।
योजना अनुगमन कै क्रममा बाहुन डाँडा सामुदायिक भवन सम्म जाने बाटो ढलानको लागि नगरबाट ४० लाख र जनसहभागिता बाट ७ लाख गरि निर्माण सम्पन्नको चरणमा छ।
अर्को योजना बाहुन डाडाँ उकालो ढलानको लागि नगरपालिका बाट १० लाख र जनसहभागिता बाट २ लाख गरि उक्त बाटो पनि निर्माण सम्पन्नको चरणमा रहेको र वडाका ६० प्रतिशत योजनाहरु निर्माण सम्पन्न भएको वडा अध्यक्ष चन्द्र खड्काले बताउनुभयो ।
योजनाको अनुगमन गर्दै मेयर बादे ले भन्नुभयो हामीले विकासका लागि तपाईं हरुले प्रस्ताव गरेका योजनामा बजेट विनियोजन गरेका छौ। तपाईं हरुले पनि समुदायको मर्म बुझेर राम्रो काम नै गर्नुभएको देखिएको छ भन्नुभयो ।
अनुगमनमा थापा गाउँमा निर्माण हुँदै गरेको नगरस्तरीय योजना ढल निर्माणका लागि १५ लाख बजेट विनियोजन गरि निर्माण कार्य अगाडि बढेको र ग्याविन को लागि वडा बाट ५ लाख विनियोजन गरिएको उप- मेयर रेखा सापकोटा दाहालले बताउनुभयो ।

थप