घिमिरे गाउँ नगरकोट सडक पिच हुदै - पिच निरीक्षण गर्दै बनेपा नगरपालिका प्रमुख - उप प्रमुख 

  •   २ वर्ष अघि | २७ मंसिर २०७८, सोमवार,    

काभ्रे । बनेपा नगरपालिकाको वडा नम्बर २ मा पिच कार्य भइरहेको छ। " घिमिरे गाउँ नगरकोट सडकको " पिचको अनुगमन तथा निरीक्षणमा बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे, उप- प्रमुख रेखा सापकोटा दाहाल , प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती , योजना अधिकृत शर्मिला बन्जाडे, उपस्थित हुनुहुन्थ्यो ।
यो पिच ६३० मिटर हुने र निर्माणको जिम्मा psk निर्माण कम्पनीले लिएको बताइएको छ।
उक्त सडक पिच गर्नको लागि १ करोड बजेट विनियोजन भएको थियो । उक्त पिच कार्य सम्पन्नको चरणमा रहेको छ।
अनुगमन तथा निरीक्षणको क्रममा वडा नं २ को सिमानामा रहेको  नगरकोटको टावर प्रवेशद्धारमा ऐतिहासिक  र कलात्मक गेट बनाउन नगरप्रमुख बादे ले निर्देशन दिनुभयो  ।  
नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत उक्त ठाँउमा सुविधा सम्पन्न सार्वनानिक शौचालय, पार्किङ्ग स्थल, पिककिन स्पोर्ट बनाउनका लागी बजेटको ब्यबस्था गरिएको नगर प्रमुख लक्ष्मी नरसिहं बादेले बताउनु भयो ।

उक्त स्थान पर्यटकीय स्थान भएकोले नगरपालिकाले चासो राखेको र बजेट पारित गर्ने लागेको उप - प्रमुख रेखा सापकोटा दाहाले बताउनुभयो ।
 उक्त योजनाको निरिक्षण गर्नका लागी नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासअधिकृत कविराज उप्रेति, योजना अधिकृत शर्मिला बन्जाडे, इजिनियर सिर्मल मुस्याजु, स्थानिय बासी लगायतको टोलिले अनुगमन गरेको थियो । टोलिले बासाझाङ्ग नगरकोट सडक कालोपत्रेको समेत अनुगमन गरेको थियो।

थप