१२ वर्षे मकर मेलको तयारी तिब्र : बनेपा–पनौती सडकको कालोपत्रे सुरु

  •   २ वर्ष अघि | २० मंसिर २०७८, सोमवार,    

काभ्रे –  १२ वर्षे मकर मेलको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मकर मेलकोका लागि बनेपा–पनौती सडकको ल्याब टेस्ट गरी सडकको कालोपत्रे आजबाट कार्य सुरु भएको छ ।
त्यस्तै, पनौती नगरपालिकाको त्रिबेणी क्षेत्रमा लाग्ने १२ बर्षे मकर मेलालाई लक्षित गर्दै लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई कार्य पनि सम्पन्न भइसकेको छ ।
नगरपालिकाको त्रिबेणी क्षेत्रमा मेलालाई लक्षित गर्दै मन्दिर परिसररढल सरसफाई, पैदल यात्रु सडक निर्माण कार्य भईसकेको छ । जिल्लाको अत्यन्तै महत्व राख्ने मेलाका रुपमा रहेको १२ वर्षे मकर मेला माघ महिनामा हुनेछ ।

थप