गौरवको आयोजना अन्तर्गत कालोपत्रे सडकको उद्घाटन नगरप्रमुख टिपि शर्माको हातबाट

  •   ३ वर्ष अघि | ७ साउन २०७८, बिहिबार,    

काभ्रे , जिल्ला नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडकको उद्घाटन गरिएको छ।
नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा लिएको वडा नंवर ७ स्थित भकुण्डे, लभनेपाल दारिमटार हुँदै लामा जक्सन सडकको आज नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएको हो। यो सडक विपी राजमार्गबाट सुरु भएर बजारको भित्री भाग हुँदै पुनः विपी राजमार्गसम्म जोडिएको छ । उक्त सडकखण्ड नगरपालिकाले निर्माण गर्न लागेको बाइपास रोडसँग पनि जोडिनेछ।

६ सय मिटर लामो उक्त सडक कालोपत्रेको काम रेग्मी निर्माण सेवाले गरेको हो । सडकको दुवैतर्फ पक्की ड्रेनसहित कालोपत्रे गरिएको छ । सडक निर्माणका लाग वागमति प्रदेश सरकारले समपुरक अनुदानअन्तर्गत १ करोड रुपैयाँ र नमोबुद्ध नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसमा ड्रेनसहित सडक निर्माण र कालोपत्रेका लागि १ करोड ४२ लाख ४७ हजार ६ सय २१ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । कुल बजेटको बाँकी बजेटबाट थप ड्रेन निर्माणका लागि सम्झौता गरिएको थियो ।

सडक उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भकुण्डे बजारलाई व्यवस्थित बनाउनका लागि यो सडकलाई प्राथमिकताका साथ निर्माण र कालोपत्रे गरिएको बताउनुभयो। बजारका अन्य भित्री सडक कालोपत्रे गर्ने कामसमेत अघि बढिसकेको बताउँदै उहाँले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा प्रत्येक वडामा कम्तीमा एकवटा नगर गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो। जनप्रतिनिधि निर्वाचित भएदेखि नै सडक निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको र सोहीअनुसार सर्व वडाको केन्द्रसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिको काम गरिएको तिमल्सिनाले बताउनुभयो।

सडक उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाअध्यक्षहरु वडा नं. २ का अध्यक्ष सञ्जीव ढकाल, वडा नं. ६ का कुलप्रसाद न्यापाने, ७ का अध्यक्ष धर्मसिं लामा, ८ का अध्यक्ष शेरवहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

थप