भावकु हुँदै रोशी गाउँपालिकाका अध्यक्ष डिबीलामा द्वारा पदबाट राजिनामा, काँग्रेस पार्टी पनि परित्यागको घोषणा

  •   ५ महिना अघि | २३ बैशाख २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले गाउँपालिकाका सबै कर्मचारीहरु, राजिनामा दिएर बाँकी रहेका जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजिनामा दिनु भएको छ । बैशाख ११ गते उम्मेदवारी दर्ताको दिन लामाले नेपाली काँग्रेसको कुनै पनि पदमा नरहने गरी पार्टीलाई राजिनामा बुझाउनु भएको थियो । राजिनामा घोषणामा अध्यक्ष लामा भावुक हुँदा सहभागि सबैका आँखा रसाएका थिए । 

डिबी कार्यकालभर रोशी गाउँबासिहरु बिच लोकप्रिय रहनु भयो । पार्टीले दोश्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवार नबनाए पछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रबाट आफै नेपाली काँग्रेस प्रवेश गर्नु भएका लामालाई नेपाली काँग्रेसले भर्खरै सम्पन्न महाधिबेशनमा कुनै पदमा जिम्मेवारी प्रदान गरेन । उहाँले उत्पादन गरेका थुप्रै कार्यकर्ताहरुले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरिरहँदा लामालाई पार्टीले वेवास्ता गरेको महसुस हुँदै आएको थियो । गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा पुनः नदोहो¥याए पछि लामाले बैशाख ११ गते नै पार्टीबाट राजिनामा दिए पनि पार्टीले चासो राखेको थिएन । बैशाख २३ गते शुक्रबार कार्यालयमा कार्यरत सबै कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका ब्यक्तिहरु, पुनः जनप्रतिनिधि हुन राजिनामा दिएका बाहेक अन्य जनप्रतिनिधिहरुको विशाल सहभागितामा कार्यकाल सफल बनाउन सहयोग पु¥याएकोमा धन्यवाद दिदै राजिनामाको घोषणा गर्नु भएको थियो । उहाँले राजिनामा उपाध्यक्ष लक्ष्मी बर्ताैला उप्रेतिलाई बुझाउनु भएको छ । 

‘अध्यक्ष लामाले कहिल्यै शासकको ब्यवहार देखाउनु भएन’–एक कर्मचारीले भन्नुभयो–‘उहाँ सधै जनता र हाम्रो सेवक बन्नु भयो ।’ लामाको राजिनामा पनि गठवन्धनलाई धक्का पुगेको छ । रोशीमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिईएको छ । राप्रपा नेपालका जिल्ला अध्यक्ष सहित एमालेमा प्रवेश गरेकाले एमालेका देवसागर लामालाई यो पटक रोशीमा सहज भएको बताईएको छ । 


थप