माओवादी केन्द्रका मेयर र उपमेयर नै एमालेमा प्रवेश गरेपछि 

  •   २ वर्ष अघि | २५ फाल्गुन २०७८, बुधबार,    

काभ्रे । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगर पालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उप मेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रम बीच पार्टी प्रवेश गराएका हुन् ।

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयर सहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेश कुमार खनाल पनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।एमाले मोरङको दक्षिणी भेगमा कमजोर छ । 

उसको जनमत रंगेलीमा तेस्रो स्थानको हो । यसअघिको निर्वाचनमा एमालेका मेयर उम्मेद्वार सन्तोष कुमार मण्डलले ३ हजार १ सय २१ मत ल्याएर तेस्रो स्थानमा थियो । अग्रवाल एमाले प्रवेश गरेपछि एमाले हौसिएको छ । यसले आफ्नो गुम्दै गएको साख फिर्ता ल्याउने र आगामी संसदीय निर्वाचनमा मोरङ–२ को विजयी सुनिश्चित गर्ने उसको दाबी छ ।

थप