नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाल सर्वसम्मत

  •   २ वर्ष अघि | २४ पुस २०७८, शनिबार,    

काभ्रेपलाञ्चोक – नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेको छ। तर सर्वसम्मत भएपनि निर्वाचन प्रक्रिया मा जानू पर्ने र यो दुईवटा पदमा दावि गरेर प्यानल बनाएर आउन नपाइने चेतावनी गोकुल बास्कोटाले दिनु भएको छ।
 बाँकी पदहरूमा निर्वाचन हुने भएको छ ।
बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जान सक्ने गरी तयारी थालिएको छ ।

थप