काभ्रे । नेकपा एमाले बनेपा वडा नं ४ कमिटीले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीलाई सम्मान दिने कार्यक्रममा ४ नं कमिटी अध्यक्ष नवीन श्रेष्ठले कार्यक्रममा सभापतित्व गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना ले वडा नं ४ नेकपा एमाले कमिटीले आयोजना गरेको सर्वसम्मत बनेपा नगर कमिटीका पदाधिकारीहरुको सम्मान कार्यक्रममा बोल्दै भन्नुभयो । नवनिर्वाचित नेकपा एमाले बनेपा नगरकमिटीले राखेका कुराहरू र ऐजेन्डा लाई भाषण मात्र हैन पूरा गर्ने उदेश्य राख्नुस्।
सर्वसम्मत कमिटी विस्थापित हुने अबस्था आउनु भएन । ७५ नगर कमिटी छ । यो कमिटी परिचालन गर्ने को लागि योजना बनाएर अगाडि बढ्न सुझाव दिन्छु। सदस्य हरुलाई पार्टी प्रति बफादार बनाउन सिद्धान्त को आधारमा नीति पद्धतिको आधारमा उहाँहरुलाई जिम्मेवारी दिनुस् ।
भातृत्वको भावनालाइ आत्मसात गर्दै पार्टीको निर्माणमा अगाडि बढ्नुस्।
सर्वसम्मत गरिएको हुनाले प्रतिस्पर्धा मा उम्मेदवारी दिने कमरेड हरुको पनि भावना बुझेर अगाडि बढ्नुस् ।
युवाहरूले एमाले पार्टीलाई सकारात्मक सोच्ने योजना बनाउनुस् भन्नुभयो ।
कार्यक्रममा मा सर्वसम्मत चयन हुनुभएको बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो टिम बलियो र सक्षम बनेको छ । भेगको राजनीति हुदैन , पार्टी प्रवेश कार्यक्रम लाई पहिलो प्राथमिकता दिनु मेरो ऐजेन्डा हो।
जेस्ठ नागरिक सदस्य हरुलाइ धार्मिक कार्यक्रम को लागि कार्यक्रम तयारी गर्नुहोस् ।
निषेध को राजनीति म गर्ने दिन्न तपाहरुले नेकपा एमालेलाई अगाडि बढाउन सहयोग र साथ दिनुहुन्छ भन्ने पुर्ण विश्वास लिएको छु।
नवनिर्वाचित नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरले भन्नुभयो तपाईं हरुले दिएको जिम्मेवारी पूरा गर्ने छु। बनेपा नगर कमिटीले आगामी निर्वाचन जित्ने लक्ष्य पूरा गर्ने छ। बनेपा जित्न लाई हामीले योजना बनाएर अगाडि बड्ने छौ कमिटी बलियो बनाउन तपाईंको सहयोग र साथ आवश्यक छ। 
कार्यक्रम मा बोल्दै बनेपा नगरपालिका प्रवक्ता पार्टी सदस्य श्यामसुन्दर श्रेष्ठले भन्नुभयो सहकार्य र सहमति ले अगाडि बढ्नु पर्छ। कुनै पनि ठाउँमा टिक्नु सबैभन्दा ठुलो कुरा हो। भुमिकाले प्रभाव पार्छ कुनै पनि आग्रह पुर्वाग्रह नराखि नेकपा एमालेलाई अगाडि बढाउने कुरामा अगाडि बढ्नुस्।