काभ्रे । बनेपा नगरपालिका नेकपा एमाले नगर कमिटीको बैठकले भोलि ६ गते १४ वटै वडामा हुने एमालेको वडा अधिबेशनको आफ्नो तयारी पुरा गरेको छ ।
आज बसेको बनेपा नगर कमिटीको बैठकले वडा अधिबेशनको तयारीका लागि विभिन्न जिम्मेवारी तोकेको छ ।
वडा कमिटी निर्माणका लागि सर्कुलर सवै वडा संयोजक हरुलाई पठाइसकिएको छ।
जिम्मेवारी हरु मा आर्थिक विभाग को संयोजक चन्द्र खड्का ,प्रचार प्रसार विभाग को संयोजक नवराज मानन्धर हुनुहुन्छ ।
लक्ष्मी नरसिंह श्रेष्ठ बादेको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रम नगर सचिव सागरनाथ कपालि ले चलाउनु भएको थियो ।
जिल्ला कमिटी सदस्य एवं जिल्ला सह- इन्चार्ज कुमार तिमल्सिना र हरिशरण दाहालले अधिवेशन प्रक्रिया विधि र पद्धतिको विषयमा निर्देशन दिनु भएको थियो ।
बैठकले सबै वडाका संगठित सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको टुंगो लगाइएको बताएको छ। यो अधिबेशनमा बनेपा बाट पाँच हजार भन्दा धेरै संगठित सदस्यले भाग लिने बताईएको छ ।
भोलि ६ गते वडा अधिबेशन सम्पन्न भए लगत्तै नगर कमिटीको अधिबेशन हुने छ । नगर अधिवेशनको लागि विभिन्न विभाग हरु गठन गरि जिम्मेवारी दिएको छ।
वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर कमिटी चयन गर्नेछन् ।
बनेपा नगर अधिबेशन कार्तिक ९ मा हुने र उद्घाटनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य, पुर्व मन्त्री एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाको आतिथ्यतामा हुने भएको छ । नगर अधिवेशन तरकारी बजार संगै रहेको उग्रचण्डी होटल बाट हुने बताइएको छ ।