निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

दीपक मनाङ्गेको आफ्नै दुख: आफ्नै सम्पत्ति कति छ थाहा छैन, मन्त्रालयको बैंक खाता समेत छैन

  •   ५ वर्ष अघि | २८ भदौ २०७८, सोमवार,    

काठमाडौ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले सम्पत्ती विवरण पेश गर्न अझै सकेका छैनन् । उनलाई आफ्नै सम्पत्ती कति छ भन्ने नै थाहा छैन ।उनी सम्पत्ति शुद्धीकरण विभागको छानबिनमा परेका छन् । 
आफैलाई सम्पत्ति कति छ भन्ने थाहा नपाएका कारण त्यसको उत्तर समेत दिएका छैनन् । तर अर्को दुखको कुरा उनले सम्हालेको मन्त्रालयको भने बैंक खाता समेत छैन ।खेलकुद मन्त्रालयले आइतवार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दुख ब्यक्त गरेका हुन् ।
 उनले भने,आफैँ कन्फ्युज छु, के छ के छैन, पहिलो श्रीमतीलाई दिएँ, छोराको नाममा पास गरिदिएको छु, अहिले के छ के छैन मलाई नै थाहा छैन।’गण्डकीमा अरु मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरे पनि कृषिमन्त्री चन्द्रबहादुर बुढा र दीपक मनाङले सम्पत्ति थाहा नभएकै कारण विवरण बुझाएका छैनन्। उनले आफूले पहिला व्यवसाय गर्दा पैसा कमाएको र केही पैसा उठ्न बाँकी रहेको दाबी गरेका छन् ।
मन्त्री भएपछिको पहिलो पत्रकार सम्मेलनमा उनले आफ्नो मन्त्रालयमा ५७ करोडको बजेट रहेको र त्यो मध्ये ६० प्रतिशत खेलकुदमै लगाउने बताए। बाँकी रकम भने युवा स्वरोजगारमा खर्चिने उनको भनाइ थियो । रोजगारमा लाग्न चाहने युवाहरुको समूहलाई २५ लाखसम्म ऋण दिने उनको घोषणा थियो।उनले आफूले सम्हालेको मन्त्रालयमा सचिव आउनै नमानेको बताए । 
‘सचिव अहिलेसम्म पाएको छैन, सचिव आऊ भन्दा बजेट छैन भन्छ,’ उनले भने, ‘तलब खान पाएकै छ, सचिवको काम बजेट हेर्ने हो र ?’ खेलकुद मन्त्रालयको आफ्नै बैंक खाता पनि नभएको उनले खुलासा गरेका छन्।

थप