काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पाटी लाई भाइ काङ्ग्रेस को संज्ञा दिदै भन्नुभयो । फुर्ति लगाउने भाइ काङ्ग्रेस हरुलाई आउने चुनाव मा कोल्याप्स गरिन्छ ढुक्क हुनुस्। ने
कपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काभ्रेमा आफूसग चुनाव लडन चुनौती दिनुभएको छ । काभ्रेामा १३ वटा पालिका नै हाम्रो हुनेछ ढुक्क भएर लाग्नुस्। काभ्रे जिल्लाको बनेपामा आयोजित एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।बाँस्कोटाले चुनावको खालमा बसेका काङ्रेस एमाले नै हो अरू सबै च्याखे दाउ हुन भन्दै उहाले नेकपा एकीकृत समाजवादी दललाई काभ्रेमा जमानत जफत गराइदिने बताउनु भएको हो ।
बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गर्दै प्रदेशसभामा एमालेबाट जितेर नेकपा नेकपा एकीकृत समाजवादी लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिनुभयो ।
बाँस्कोटाले काभ्रेमा बिकासको बाहक एमाले भएको भन्दै एमालेलाई काभ्रेमा कसैले हराउन नसक्ने बताउदै एमालेसग प्रतिस्पर्धा गर्ने कोल्याप्स हुने बताउनु भएको हो । फुर्ति लगाउने भाइ काङ्ग्रेस हरुलाई चुनौती दिनुभयो ।
नेकपा एमाले काभ्रेमा नेकपा एकीकृत समाजवादी भन्दा बलियो देखिएको छ काभ्रे जिल्ला चर्चित नेता गोकुल बास्कोटाको गृह जिल्ला पनि हो ,उहाले गरेको बिकास र जनताको पक्षमा गरेका कामका कारण पनि नेकपा एमाले काभ्रेमा बलियो देखिएको बताईन्छ ।