निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

भूमि आयोग खारेजीको विरोधमा युवा संघले गर्‍यो प्रदर्शन

  •   ५ वर्ष अघि | २१ साउन २०७८, बिहिबार,    

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भ्रातृ संगठन युवासंघले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौं जडीबुटी क्षेत्रमा युवा संघले आयोग खारेजीको विरोधमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 
सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । जसको एमालेले विरोध गरिरहेको छ ।

थप