निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

गोकुल बास्कोटाको गृह जिल्ला प्रधान न्यायाधीश चोलेन्द्रको जल्यो पुत्ला

  •   ५ वर्ष अघि | २८ असार २०७८, सोमवार,    

काभ्रे, जिल्लामा सतारुढ नेकपा एमाले निकट भातृ संगठनहरु युवा संघ नेपाल र नेपाल विद्यार्थी संगठन अनेरास्ववियुले काभ्रेको बनेपामा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको पुत्ला जलाएका छन् ।

मसाल जुलुस सहित प्रर्दशन गरेका युवा तथा विद्यार्थीहरुले बनेपाको गोदाम चोक देखि चारडोबाटोमा बृहत प्रर्दशन गरेका छन् । 
दलिय ब्यवस्थामा अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश कार्यान्वयन हुँदा मुलुक राजनीतिक संकटमा फस्ने भन्दै न्यायाधीशको आदेश विरुद्ध आन्दोलन जारी राख्ने धम्की  दिएका छन् ।
युवा संघका केन्द्रिय नेताहरु, विद्यार्थीका केन्द्रिय नेताहरु, युवा जिल्ला अध्यक्ष विक्रम चौलागाई, विद्यार्थी अध्यक्ष गोविन्द उप्रेति लगायतले सर्वाेच्च अदालतको फैसलाले मुलुक जहानहि राणा शासन  तर्फ उन्मुख भएको बताएका छन। 

थप