निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पनौती नगरको नगरसभा सर्वसम्मत सम्पन्न भएको छ : भिम न्यौपाने

  •   ५ वर्ष अघि | ९ असार २०७८, बुधबार,    

काभ्रे, जिल्ला पनौती नगरपालिकाका मा नगर सभा बहिष्कार भनी प्रचारप्रसार गर्नु भनेको जनतालाई झुक्याउने काम हो । पाटिको कुरा मानेर उपस्थित नहुने अनि बहिष्कार भन्ने नगरप्रमुख भिम न्यौपानेले पत्रकार हरुलाई जानकारी दिनुभयो ।उहाले थप्नुभयो पनौति नगरको नगरसभा सर्वसम्मत रुपमा सम्पन्न भएको छ।
नगरप्रमुख भीम न्यौपानेले नगरपालिका भित्रका कुनैपनि वडालाई र कुनैपनि क्षेत्रलाई  बजेटमा विभेद गरिएको  छैन उहाँले भन्नुभयो  ।
नवौं नगरसभाले पारित गरेको आगामी आर्थिक वर्षको नीति  तथा कार्यक्रम बजेट सार्वजनिक गर्न आयोजित बृहत  पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले यस्तो बताउनुभएको हो ।

हिजो नेपाली कांग्रेसबाट निर्वाचित २३ जना नगरसभा सदस्यहरूले नगर प्रमुखले एकलौटी ढंगबाट बजेट ल्याएको आरोप लगाउँदै आफूहरुलाई मान्य नभएको बताएका थिए । उपस्थित नै नभइ कसरी बहिष्कार हुन्छ उहाँले थप्नुभयो।
नगरप्रमुख न्यौपानेले  पत्रकारहरु संग कुरा गर्दै कुनै पनि वडालाई बजेटमा भेदभाव नगरिएको उल्लेख गर्दै जनसंख्या र भूगोलको आधारमा बजेट विनियोजन गरेको स्पष्ट  पार्नुभयो ।‘कुन पार्टीले जितेको वडा हो भनेर बजेट नीति तथा कार्यक्रम छुट्याउने काम गरिएको छैन । हामीले जनसंख्या र भौगोलिकताको आधारमा बजेट विनियोजन गरेका छौं । राजनीतीक आधारमा विरोध गर्नुको कुनै औचित्य छैन्,।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरपालिकाका ६३ जना नगरसभा सदस्य मध्ये ४० जनाको उपस्थितिमा पारित भएको थियो ।
नगरप्रमुख न्यौपानेको भनाइ छ । पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ खर्ब ६५ करोड, ६६ लाख, ३५ हजारको बजेट स्वीकृत गरेको छ ।

थप