काभ्रे, बनेपा नगरपालिका वडा नं ३ मा नेकपा वडा कमिटी गठन भएको छ। बृहत वडा भेला तथा अगुवा कार्यकर्ता भेला गर्दै संयोजक राजु बजगाई र उप-संयोजक केदार प्रसाद दाहाल ,सचिव कमल प्रसाद दाहाल र उप- सचिव लक्ष्मण दाहाल लाई नियुक्त गरि ६३ जना को वडा कमिटी निर्माण गरेको छ। 
वडामा युवाको संयोजक गणेश गुरुङ भएका छन्। युवाको ५३ जना को युवा कमिटी भएको छ।
यसै गरि अ.ने.म संघ को वडा संयोजक मैयाँ दाहाल लाई नियुक्त गरिएको छ। किसान संघको यज्ञप्रसाद बजगाई र जनजाति मुत्ति समाज को रामवहादुर विश्वकर्मा लाई वडा संयोजक मा नियुक्त गरिएको छ।
कार्यक्रम मा बोल्दै पुर्व सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भन्नुभयो अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ हाम्रो मुख्य एजेन्डा र छलफल नै यहि हो । अर्को रहो विकास को कुरा विकास गरिरहेको र विकासमा कुनै प्रकारको सम्झौता नहुने पनि उहाँले बताउनुभयो ।
अब पर्यटन र विकास देशको मुख्य आवश्यकता हो वडा नं ३ ससिपानि मा रहेको काभ्रे भिमसेन मन्दिर र पिक्निक क्षेत्रको विकास ,वासुकि सम्म धुलिखेल बाट सिडि , जलजले मा ताल, निर्माण गरि वडा लाई समृद्धि तर्फ लैजान सजिलो हुने उहाँको तर्क थियो।