निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रधानन्यायाधीश को प्रश्न :जनतामा जाने कुरा रोक्न मिल्छ र

  •   ६ वर्ष अघि | १० पुस २०७७, शुक्रबार,    

काठमाडौँ, १० पौष । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनतामा जाने निर्णयलाई रोक्न मिल्छ र ? भन्ने प्रश्न गरेका छन ।

आज संबैधानिक इजलासमा संसद विघटनबारे बहस गर्ने क्रममा निवेदकका तर्फबाट कानून व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि प्रधानन्यायाधीश जबराले उक्त प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश जबराको प्रश्न थियो, ‘निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?’

उक्त संसद विघटनविरुद्ध परेका १२ वटा रिटउपर संवैधानिक इजालसमा आज प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

थप