रक्सीको झगडाले लियो ज्यान

  •   ३ वर्ष अघि | २३ भदौ २०७८, बुधबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १० का अन्दाजी २७ वर्षका किसन पहरीको हत्या अभियोगमा प्रहरीले जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ७ का मोहन भनिने महेन्द्र घिसिङ रहेका छन् ।

पनौती नगरपालिका वडा नम्बर ७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवादले उग्र रुप लिदा किसनलाई महेन्द्रले धारिलो हतियार प्रहार गरी फरार भएका थिए । चक्कु प्रहारबाट घाइते भएका किसनलाई उपचारका लागि धुलिलेख अस्पतालमा लगिए पनि सोही दिन राती ९ बजे अस्पतालले मृत घोषणा गरेका थियो ।

प्रहरीले होटल संचालक ४४ वर्षिय भिम थिङ सहित सो समयमा होटलमा खाजा खान आउने र प्रत्यक्षदर्शी समेतलाई नियण्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिए ।

भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ । डिएसपी खतिवडाका अनुसार पक्राउ परेका महेन्द्रलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

थप