बनेपा तेण्डल हार्डवेयर चोरी गर्ने पक्राउ

  •   ४ वर्ष अघि | ४ असार २०७७, बिहिबार,    

काभ्रे, (बनेपा)जिल्ला बनेपा नगरपालिका स्थित तेण्डल हार्डवेयर बाट काउन्टर फोडि जेठ २८ गते अन्दाजी राति दश बजेको समयमा अपरिचित व्यक्ति प्रवेश गरि।


हार्डवेयरको काउन्टरमा रहेको रु ९०४२७५ रुपैयाँ  अपरिचित व्यक्तिले चोरी गरि  लगेको भनी परेको उजुरी को आधारमा चोरी गर्ने पक्राउ परेका हुन।
निवेदन अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी उपरीक्षक रवि पौडेलले तत्कालै सकृयता देखाई प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा अनुसन्धान टोली गठन गरि उक्त घटनाको तदारुकताका साथ अनुसन्धान गरि अगाडि बढ्दै जाने क्रममा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना सहितको टोलिले उक्त चोरी गरि फरार रहेका ।

चितवन  जिल्ला रत्ननगर नगरपालिका वडा नं ०१ बस्ने बर्ष २७ को प्रकाश जंग कुँवर लाई चोरी गरेको रकम मध्ये नेपाली रुपैया १,५०,००० सहित चोरी गर्दाको पोशाक, जुत्ता ,मोबाइल सहित  टोलीले असार ३ गते पक्राउ गर्ने सफल भएको हो।


चोरी गर्ने प्रकाश जंग कुँवरलाई ईलाका प्रहरी कार्यालयमा राखि सार्वजनिक गरिएको थियो । जिल्ला अदालत  काभ्रेपलान्चोकबाट दश दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।

थप