साना किसान कृषि सहकारीको १७ औं वार्षिक साधारणसभा सम्पन्न 

  •   २ वर्ष अघि | १८ पुस २०७८, आइतवार,    

काभ्रे । धुलिखेल नगरपालिका वडा नं २  रविअोपीमा कार्यलय रहेको साना किसान कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा सभापति सालिकराम न्यौपाने ,प्रमुख अतिथि धुलिखेल नगरपालिकाका उपमेयर विमला शर्मा ,विशिष्ट अतिथि धुलिखेल नगरपालिका वडा नं २ का अध्यक्ष देवप्रसाद कोइराला ,पत्रकार लक्ष्मण तिमल्सिना ,
र विभिन्न सहकारी सँग आवद्ध व्यक्तिहरुको उपस्थिति मा साधारणसभा सम्पन्न भएको हो।
१७ औं वार्षिक साधारणसभा मा अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा सदस्यलाई व्यवसाय गर्न साना किसान विकास लघुबित्त बित्तिय संस्था मार्फत पशुपालन कर्जा ९ प्रतिशत  जीविकोपार्जन कर्जा ५ प्रतिशत र उत्पादन तथा रोजगारी सिर्जना कर्जा ३ प्रतिशत मा सदस्यहरूलाई सहुलियत ऋण लगानी गर्ने सफल भएको बताउनुभयो ।

थप