बनेपामा ट्राफिकले लगाउने ह्वीललकको प्रभावकारीता घट्यो 

  •   ३ वर्ष अघि | १३ असोज २०७८, बुधबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ र वडा नं ७ मा ट्राफिक प्रहरी र वडाको सहकार्यमा अव्यवस्थित पार्किङ गरेका सवारी साधनलाई ह्वील लक गर्ने भनिएपनि ह्विललक प्रभावकारी भएको छैन।

आज बनेपाको शुभकामना हल सँगै बा २१ च ८३०८ नम्बरको गाडी करिब २ घण्टा ट्राफिक प्रहरीकै निगरानी मा विना ह्वील लक पार्किङ गर्ने नमिल्ने ठाउँमा बस्यो यसले स्पष्ट हुने छ। नियम कानुन सानालाई मात्र हो ठुलाले जे गरेनी भो यसो हुदा जनमानसमा कस्तो असर पर्ला ।

बनेपा एक व्यपारीक शहर भएकोले यहाँ विभिन्न ठाउहरुबाट मानिसहरू आउने र व्यवस्थित पार्किङ गर्ने ठाउँ नहुदा जथाभावी पार्किङ गर्ने गरेका छन्। 

ट्राफिक नियम पालना नगरेको र पार्किङ निषेधित ठाउँमा गरेको भनेर ट्राफिक प्रहरीले सर्वसाधारण जनतासँग ५०० देखि २००० सम्मको चिड काट्दै आएको छ।

तर प्रायजसो कार्वाही मा साना सवारी साधन धनिहरु बढि पर्न गरेको जनगुनासो छ।
सानाले भनसुन गर्ने नसक्नु र गल्ती भो भनेर डराउनु ,यस्ता कारणले  साना सवारी साधन वालालाई प्रहरीले नि कार्वाही गर्ने  सजिलो हुने देखिएको छ।

थप