काभ्रे, बनेपा नगरपालिका वडा नं ३ ससिपानि मा रहेको काभ्रे भिमसेन मन्दिर र पर्यटकीय स्थान मा पर्यटकको सुविधा को लागि काभ्रे का सफल युवा व्यवसायी नेकपा का युवा नेता रत्नकुश रन्जित ले खानेपानीको पाइप ६०० मिटर उपलब्ध गराउनुभयो।
उक्त स्थानमा पर्यटन विकासको सम्भावना निकै नै रहेको र बनेपा नगरपालिकाले उक्त स्थानलाइ प्रथामिकता मा राखि काम अगाडि बढाउन को लागि नेकपाका युवा नेता सागरनाथ कपालिले बिशेष पहल गरिरहनुभएको उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो ।
आर्थिक बर्ष ७६/७७ मा काभ्रे भिमसेन ट्रस्ट निर्माण र मन्दिर परिषर को उचित व्यवस्थापनको निमित रु ३ लाख बजेट परि निर्माण कार्य सम्पन्न भईसकेको छ।
उक्त स्थान पर्यटन र पिक्निक र घुम्न को लागि एकदमै उचित रहेको र उक्त स्थानको समग्र विकासको लागि आफुले सकेको सहयोग र पहल गर्ने र उक्त स्थान मा चाहिने पानी ट्याङ्की पनि उपलब्ध गराउने प्रतिबद्धता समाजसेवी युवा नेता रत्नकुश रन्जित ले गर्नुभएको छ।
आर्थिक बर्ष ७७/७८ रु ५ लाख बजेट राखिएको छ। उक्त बजेट ले मन्दिर परिषरमा वाल लगाउने र मन्दिर लाई व्यवस्थापन गर्ने उपभोक्ता समितिका सचिव राजेन्द्र दाहालले बताउनुभयो ।
वडा अध्यक्ष कृष्णप्रसाद दाहालले वडाको समग्र विकासमा चासो रहेको र बिशेष गरि काभ्रे भिमसेन लाई पर्यटकीय हिसाब ले कार्य अगाडि बढाउने र आफुले उचित स्थान हरुको यसरी नै अवलोकन गरि विकास मा सहयोग गरेको बताउनुभयो ।