काभ्रे :प्रारम्भका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको नेतृत्वमा संचालित शिविरका लागि अमेरिका निवासी समाजसेवी बिना बोगटीले समेत सहजीकरण गर्नु भएको छ। साथै अमेरिका सियाटल निवासी उहाकी छोरि आयशा गिलले आफु अध्यनरत् बिद्यालयका बिद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केहि रकम संकलन गरि औषधि व्यवस्थापनमा सहयोग गर्नु भएको छ।
बिस १९७२ मा पनौती आधारभूत पाठशाला नामले पनौती-७ मा स्थापित १०८ वर्ष पुरानो बिद्यालय हो।
प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनु पुर्व बिद्यार्थीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनु भएको छ।
इशान बाल अस्पतालका बालरोग सर्जन डा सिरिश सिल्वालको मेडिकल टिमद्वारा विद्यालयको शिशु कक्षा देखि ८ कक्षासम्मका १ सय ५६ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको।
२ सय ९५ बिद्यार्थीहरु मध्ये १ सय ५६ मा आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाकने, पिसाव तथा किडनी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान
भएको डा सिलवालले जानकारी दिनुभयो। नर्स मनिषा श्रेष्ठ
नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक र अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा संचालित शिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुसोत्तम सेढाई, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती-७ का वडा अध्यक्ष सबिन ताम्राकार, समाजसेवी जगन्नाथ गिरि, पर्यटन सूचना केन्द्रका पुरुसोतम कर्माचार्य, बरिस्ठ पत्रकार मधुसुदन गुरागाईं, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्षहरु इश्वरी ओझा, मोतीराम तिमल्सिना, संचारिका समुहकि अध्यक्ष सुनिता सापकोटा लगायतका संचारकर्मीको उपस्थिति रहेको थियो।