६७ औं प्रहरी दिवसको अवसरमा पाचँखालमा नि:शुल्क स्वास्थ्य शिविर :दुई सय पचास जना भन्दा बढी लाभान्वित

  •   २ वर्ष अघि | २९ असोज २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला पाचँखाल नगरपालिका वडा नं १० मा बृहत स्वास्थ्य शिविर आयोजना भएको छ।

६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी काभ्रेको आयोजना ,धुलिखेल अस्पताल शाखा बालुवाको समन्वयमा ,धुलिखेल अस्पतालको सहयोग , रेयुकाइ आँखा अस्पतालको साथ र सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना भएको हो।

नि:शुल्क शिविरमा गाईनो,डेन्टल,सर्जरी ,आँखा ,अर्थो समन्धि अनुभवी डाक्टर हरुको उपस्थितिमा २६० जना भन्दा बढि व्यक्तिहरूले सेवा पाएका जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपि चक्र राज जोशीले जानकारी दिनुभयो ।

प्रहरी दिवसको अवसर पारेर काभ्रे प्रहरीले रक्तदान ,वृक्षारोपण ,स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यहरु गर्दै आएको छ।


थप