अन्तर्राष्ट्रिय आँखा बिशेषज्ञ सम्मेलन गर्दै , रेयूकाई मासुनागा अस्पताल

  •   ५ महिना अघि | १४ मंसिर २०८०, बिहिबार,     मणिराम दाहाल

बनेपा– काभ्रेमा पहिलोपटक आँखा रोगका विशेषज्ञहरुको अन्तर्राष्ट्रिस्तरको सम्मेलन हुने भएको छ । बनेपा नगरपालिका–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सम्मेलन आयोजना गर्न लागेको हो । मंसिर २२ र २३ गते नेपाल र अमेरिकाका नेत्र विशेषज्ञहरुसहितको सम्मेलन गर्ने जानकारी आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।


पत्रकार सम्मेलनमा रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्माले सम्मेलनमा अमेरिका तथा नेपालमा भएको आँखाको उपचार सेवाको सन्दर्भमा अनुभव आदान प्रदान गर्ने तथा आँखा उपचार सेवालाई गुणस्तरीय बनाउने विषयमा छलफल हुने बताए । सम्मेलनमा नेपालका विभिन्न अस्पतालका करिब १५० जना नेत्र विशेषज्ञ तथा अमेरिकाका करिब ५० जनाले सहभागिता जनाउने निश्चित भएको छ ।  महासचिव शर्माले सम्मेलनमा सहभागि हुनका लागि हालसम्म एक सय जना नेत्रसम्मेलन अन्र्तगत मङ्सिर २२ गते सम्मेलनका साथै अस्पतालमा सञ्चालनमा ल्यायएको नयाँ ओपिडी भवनको उद्घाटन हुनेछ । २३ गते नेपाल तथा अमेरिकाका नेत्र विशेषज्ञहरुले आँखाको रोग सम्बन्धी समस्या, उपचारलगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्ने शर्माले बताए । सम्मेलनकै लागि अमेरिकी विशेषज्ञको टोली भोली र पर्सिसम्ममा नेपाल आइपुग्नेछ । उक्त टोलीले रेयुकाई आँखा अस्पतालको ढल्केबर शाखा, जनकपुरको आँखा जाँच केन्द्रका साथै बनेपास्थित अस्पतालमा बिरामीहरुको उपचार पनि गर्नेछ ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष मधु आचार्यले आँखा अस्पतालसँग स्थानीय तहले समन्वय गरेको खण्डमा समाजमा रहेको मोतियाबिन्दु तथा अन्धोपना निवारणको लागि अस्पतालले काम गर्ने बताएका छन् । 

थप