११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बनेपा हेल्थ  केयरले नारीलाई बिशेष छुट दिने  : दर्ता नि:शुल्क 

  •   २ वर्ष अघि | २३ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । जिल्ला बनेपा नगरपालिका नेपाल  टेलिकम सँगै रहेको बनेपा हेल्थ केयरमा भोलि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष छुट हुने भएको छ।

११२ औं नारी दिवसको अवसर पारेर बनेपा हेल्थ केयरले महिलाहरुलाइ ३५० को ओपिडी टिकट नि:शुल्क गरेको छ।
   शुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले भोलि  फागुन २४ गतेको दिन पर्न गएको नारी दिवसको अवसरमा नारीलाई विशेष सम्मान दिदै महिला तथा स्त्री रोग विशेषज्ञ सँग नि:शुल्क रुपमा जाँच तथा परामर्शको ब्यबस्था गरेको छ ।

  आम बिरामीहरुको  विश्वास  र भरोसाको रुपमा परिचित  बनेपा हेल्थ केयरले बरिस्ठ  स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. चुनुमिला महर्जन बाट नि: शुल्क स्वास्थ्य जाँच तथा परामर्शको व्यवस्था गर्न लागेको हो ।

  काठमाडौंको विभिन्न अस्पतालहरुमा सेवा दिई हाल दैनिक रुपमा बनेपा हेल्थ केयर बाट सेवा दिइरहनु भएको डा. चुनुमिला महर्जन बाझोपन विशेषज्ञ समेत रहनुभएको छ । 
सन्तान सुख: बाट बन्चित  दम्पती संगै महिना वारि  गडबडी, योनि बाट सेतो पानी आउने, पिसाब पोल्ने, स्तन सुन्निने तथा दुख्ने, आङ खस्ने जस्ता स्त्री तथा महिलाका समस्याहरुको सहज तरिकाले समाधान हुने डाक्टर चुनुमिला महर्जनले जानकारी दिनुभयो । 

बिहान १० बजे दिखी दिउसोको २  बजे सम्म नि:शुल्क जाँच तथा परामर्श हुने कार्यक्रममा आम सेवाग्राही हरुले सेवाको लाभ लिनुहुन समेत बनेपा हेल्थ केयरले आग्रह गरेको छ ।

थप