काभ्रे : जिल्ला प्रहरी कार्यलयमा विभिन्न कसुरमा न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयर प्रा.लिको सहकार्यमा आज एक विशेष कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार विभिन्न घटनामा संलग्न रही अनुसन्धानको क्रममा थुनामा रहेका १८ जना पुरुष र १ जना महिला गरी जम्मा १९ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
प्रहरी हिरासतमा रहेका थुनुवाहरुको नि:शुल्क स्वास्थ्य परीक्षण
- ५ वर्ष अघि | २१ फाल्गुन २०७८, शनिबार,