बनेपा हेल्थ केयरमा दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुचारु

  •   ३ वर्ष अघि | १ भदौ २०७८, मङ्लबार,    

काभ्रे।  जिल्ला बनेपा नगरपालिका टेलिकम सगै रहेको बनेपा हेल्थ केयरमा शुलभ शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि भदौं १ गते देखि दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सञ्चालनमा आएको छ ।

 काठमाडौंको चर्चित अस्पतालहरुमा स्वास्थ्य सेवा दिदै आउनुभएका वरिस्ठ स्त्री तथा प्रसुति, तथा वाझोपन विशेषज्ञ डा.चुनुमिला महर्जन द्धारा प्रत्येक दिन बिहान १० बजे देखी दिउसो ३ बजे सम्म सेवा प्रदान गर्नुहुने भएको छ । 
स्त्री तथा प्रसुति रोगका विविध विरामीहरुको स्वास्थ्य समस्याहरु काठमाडौं सम्म धाएर जानुनपरोस् हाम्रै शहर बनेपामा नै यस्ता समस्याहरुको समाधान होस् र विरामीको सेवा गर्न पाइयोस् भन्ने मुल उद्देश्यले  काठमाडौं बाट विशेषज्ञ झिकाएको संस्थाका प्रबन्ध निर्देशक जितेन्द्र कुमार थापाले बताउनुभयो ।
 महिलाहरुका विविध स्वास्थ्य समस्याहरु जस्तै पिसाव पोल्ने, पिसाब गर्दा दुख्ने, स्तन सुन्नीने ,दुख्ने, महिनावारीमा धेरै पेट दुख्ने, धेरै रगत देखा पर्ने, यौंनाङ्ग चिलाउने, सेतो पानी बग्ने, आङ खस्ने जस्ता स्वास्थ्य समस्याहरुको जांच तथा उपचार हुने बनेपा हेल्थ केयरका नव नियुक्त डा. चुनुमिला महर्जनले जानकारी दिनुभयो ।

थप