निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

"तपाईंको माक्स खोइ" अभियानमा काभ्रे प्रहरीको सक्रियता

  •   ५ वर्ष अघि | २७ साउन २०७८, बुधबार,    

काभ्रे। जिल्ला प्रहरी र जिल्ला प्रमुख सहितको सक्रियतामा तपाईंको माक्स खोइ अभियान जिल्ला का विभिन्न स्थान मा भएको छ। 
 कोभिड-१९ को संक्रमण दर पुन: बढ्दै जानु तर जन मानसमा मास्क लगाउने प्रवृत्ति घट्दै जानुले निकट भबिष्यमा कोरोना संक्रमण दर तिव्र रुपले वृद्धि हुनसक्ने कुरालाई मध्यनजर गर्दै उक्त कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न नेपाल सरकारद्धारा संचालनमा ल्याईएको "नेपाल मास्क अभियान" अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकको सहकार्यमा  कार्यक्रम सुरु भएको छ।
 काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ बनेपा चारदोबाटो चोक हुँदै बनेपा बसपार्क देखि पुरानोबजार हुँदै पुन: चारदोबाटो चोक सम्म व्यानर र जनचेतनामुलक सन्देश सहित प्रभातफेरी कार्यक्रम गरिएको थियो  ।
 उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा ईलाका प्रहरी कार्यालय बनेपाका कार्यालय प्रमुखहरुको प्रत्यक्ष संलग्नता थियो।
 अन्य प्रहरी कर्मचारीहरु, लगायतको उपस्थितीमा NO MASK NO MOVEMENT अर्थात मास्कको अनिवार्य प्रयोग गर्न जनमानसमा आव्हान गर्दै करिव १५५० मास्क वितरण गरी १५५० जना व्यक्तिहरु लाभान्नित भएका छन् ।

थप