काभ्रे । काभ्रेली कलाकार मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।
घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो ।
घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।
उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेको थियो ।
नेपाली चलचित्रमा कलाकार थापाले खलनायकको रूपमा अभिनय गर्दै आएका छन् ।