काभ्रे, जिल्ला उद्योग वाणिज्य संघ काभ्रेले महासंघको तर्फबाट स्वास्थ्यकर्मीहरु मार्फत परामर्श सेवा प्रदान गर्ने भएको छ ।
काभ्रे जिल्लामा कोभिड जोखिम न्यूनिकरणको लागि कोभिड सँगदक्ष स्वास्थ्यकर्मी राखेर परामर्श सेवा सुरु गरेको महासंघ काभ्रेका महासचिव रविन्द्र बैदारले जानकारी दिनुभयो ।
कोभिड हेल्प डेस्सबाट आफूहरुलाई परेको समस्याको बारेमा स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सकिने बैदारले जानकारी दिनुभयो । उहाँले महासंघमा संम्भव भएसम्म आइसोलेशन पनि तयार पार्न सकिन्छ कि भनेर छलफल गरिएको त्यसको बारेमा निर्णय भने नभएको बताउनुभयो ।
उहाँले कोभिड भएर स्वास्थ्यकर्मीको परामर्श चाहिएमा ०११ ६६१२७२ मा सम्पर्क राख्न अनुरोध गरेको छ । परामर्श उद्योग वाणिज्य संघको भवनबाटै प्रदान हुनेछ उहाँले भन्नुभयो ।