निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेपाल खेलकुद महासंघले प्रेस चौतारी काभ्रेलाइ स्वास्थ्य सामाग्री वितरण

  •   ५ वर्ष अघि | १० जेष्ठ २०७८, सोमवार,    

काभ्रे, नेपाल खेलकुद महासंघले प्रेस चौतारी काभ्रेलाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ 
। एक विशेष कार्यक्रमकाबिच वरिष्ठ केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको कोभिड नो–भीड राष्ट्रिय अभियान टोलीले प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीलाई मास्क, स्यानीटाइजर,ग्लोभ्स लगायतका स्वास्थ्य सामाग्री हस्तात्रण गरेको हो । कोरोना संक्रमण तीब्र रूपमा बढिरहेको अबस्थामा पनि अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्ने पत्रकारहरुको मनोबल उच्च राख्न भन्दै नेपाल खेलकुद पत्रकार संघ र प्रेस चौतारी काभ्रेलाई अभियान संयोजक तथा नेकोसका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले सामाग्री उपलब्ध गराएको हो ।

 कार्यक्रममा उपाध्क्षद्वय प्रभात बिक्रम कटुवाल, सुवास श्रेष्ठ, महासचिव मेघराज पौडेल, उपमहासचि शान्तामाया परियार, रामकृष्ण खडका, नन्दा बस्याल, प्रदीप खत्री, सचीव उमेश के सी लगायतको उपस्थिति रहेको थियो । यो राष्ट्रिय अभियान रहेको र हाल सम्म ५५ जिल्लामा अभियान सकिएको संयोजक बस्नेतले जानकारी दिएका छन् ।  बाकी जिल्लामा निरन्तर अभियान लिएर जाने उनले बताए ।

थप