निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरपालिकाले सुरु गर्ने भयो कोभिड डेडिकेटेड २५ वेडको अस्पताल

  •   ५ वर्ष अघि | ३१ बैशाख २०७८, शुक्रबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका मा नगरपालिका को अग्रसरता मा कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ।
 संक्रमण फैलिँदै नियन्त्रण बाहिर गए पछि बनेपा नगरपालिकाले  कोभिड डेडीकेटेड अस्पताल संचालनका लागि सम्झौता गरेको छ । 
  अस्पताल संचालन गर्ने जिल्लामा बनेपा पहिलो नगरपालिका हो ।
‘बनेपा नगरपालिका तथा भोमी अस्पतपाल बनेपा बिच कोभिड डेडीकेटेड अस्पताल संचालन गर्ने सम्वन्धी सम्झौता सम्पन्न भएको छ’–बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘२०७८ जेठ २ गतेबाट अस्पताल संचालनमा आउने गरी सम्झौता गरिएको छ ।’ नगरपालिकाले मासिक कर बाहेक १३ लाख रुपैया अस्पताललाई कोभिडका विरामीहरुको उपचार गराए बापत उपलब्ध गराउने छ भने अक्सिजन रिफिल गर्ने कार्यमा नगरपालिकाले समन्वय र सहजिकरण गर्नेछ । त्यस्तै नगरपालिकाका स्थानीयहरुका लागि छुट्टयाईएको बेडको संख्या अनुसार नगरपालिकाले सिफारिस गरी विरामीहरु अस्पतालमा पठाउनेछ ।

अस्पताल र नगरपालिकाको सम्झौता असार मसान्तसम्म कायम हुनेछ । आवश्यकताअनुसार सम्झौता थपघट गर्न सकिने दुबै पक्षले सहमति गरेका छन् । अस्पतालले तत्काल कोभिड डेडीकेटेड अस्पताल संचालनमा ल्याई विरामीको चाप अनुसार बनेपा नगरपालिकाको अनुमतिमा १५ शैया र स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा थप १० बेड गरी २५ शैया संचालन गर्नेछ । यो कोभिड अवधीका लागि मात्रै मान्य हुने सम्झौतामा उल्लेख गरिएको छ । 
नेपाल सरकार स्वास्थ्य मन्त्रालयलले तोकेको अधिनमा रही शुल्क लिने र तोकिएको गुणस्तर निश्चित अस्पतालले गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
अस्पतालले ४ बेड आईसियु, ६ वटा अक्सिजन सपोटेड बेड नगरपालिकाको सिफारिसमा उपलब्ध गराउनेछ भने विरामीलाई आवश्यक परेमा भेन्टिलेटरमा उपचार गर्ने ब्यवस्था मिलाउनेछ । जनशक्ति उपकरण र प्रयोगशाला अस्पतालले ब्यवस्था मिलाउनेछ । 

बनेपा नगरपालिकाको स्थानीय तहमा संस्था दर्ता अनुमति तथा नविकरण सम्वन्धी निर्देशिका २०७८ बमोजिमका सबै मापदण्ड अस्पतालल पुरा गर्नु पर्ने, नगरपालिकाबाट सिफारिस गरिएका विरामीहरुको उचित रुपमा स्याहार तथा रेखदेख गर्ने, औषधी, प्रयोगशालामा हुने परीक्षण शुल्क विरामीले ब्यहोर्ने लगायतका शर्तहरुमा सम्झौता भएको छ । नगरपालिकालाई नियमित रुपमा अस्पतालले प्रतिवेदन पेश गर्ने गरी सम्झौता भएको छ ।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती र भोमी अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक सगुन कायश्थले हस्ताक्षर गरेका छन् । बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा रहेको उक्त अस्पतालको नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुले अनुगमन गरेका थिए । नगरपालिकाले विरामीको प्रकृति हेरेर आईसोलेसन वार्ड, अस्पतालमा रिफर गर्नेछ ।  आईसियु र भेन्टिलेटर सहितको नगरपालिकाले शुरु गरेको जिल्लामै यो पहिलो सम्झौता हो । ५० शैयाको आईसोलेसन र अस्पताल मार्फत कोभिडका विरामी उपचार गरिने उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।

थप