काभ्रे, जिल्लामा आइतबार देखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा भोलि वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने जनाइएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन ।
सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा–सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लरलगायत सञ्चालनमा रोक लगाइएको छ ।
प्रशासनको नियम पालना गरौँ, सुरक्षित रहौँ
कोरोना संक्रमित बढ्न थालेपछि काभ्रेपलाञ्चोकको स्थानीय प्रशासनले काभ्रे जिल्लामा पनि निषेधाज्ञा जारी ।
लागू हुने: २०७८ वैशाख १९ गते आइतबार राती १२ बजेबाट
क्षेत्रहरुः
-- अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सदरमुकाम, पाँचखाल बजारक्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मीटर क्षेत्रमा ।
--बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ बायाँ ५०० मीटर ।
-- बनेपा–पनौती–खोपासी सडकको दायाँ बायाँ ५०० मीटर ।
--बिपी राजमार्गको धुलिखेलचोक, काभ्रेभन्ज्याङ–भकुण्डेवेंशी हुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ २०० मीटरसम्मको क्षेत्र ।
--पाँचखाल जिरो किलो–हेलम्बु राजमार्गको कुन्तावेंशीसम्म सडकको दायाँ बायाँ २०० मीटर क्षेत्र ।
