काभ्रे ,थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
धुलिखेल घर भई उपचारार्थ ९८ वर्षीय ज्येष्ठ नागरिकको कोरोना सङ्क्रमणको कारण निधन भएको हो । यस अघि काभ्रेको पाँचखालकी एक महिलाको मृत्यु भएको थियो ।
यो सँगै काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । हालसम्म काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ ।