काभ्रे, कोरोनाले विश्वनै संक्रमण को उच्च जोखिममा रहेको बेला यस्तो अवस्थालाई मध्यनजर गर्दै बनेपा नगरपालिकाले सुविधा युक्त ५० बेडकाे आईसाेलेन सञ्चालन गर्नेको निम्ति अन्तिम तयारी थालेको छ।
आईसोलेसन बनेपा पोलिटेक्निक मा बनाईएको र शान्त वातावरण र स्वच्छ वातावरण रहेको छ।
आईसाेलेसन काे अनुगमन गर्दै जिल्ला कमान्ड पोस्ट टोलि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना,प्रहरी प्रमुख रबि राज पाैडेल, नगर प्रमुख लक्ष्मी नहरसिंह वादे श्रेष्ठ ,उप प्रमुख रेखा सापकाेटा दाहाल
, प्रमुख प्रसाशकीय अधिकृत कबिराज उप्रेती, शिरमेमाेरियल अस्पतालका अनुभवी डाक्टर हरूको उपस्थिति मा अनुगमन भएको बनेपा नगरपालिका का उपमेयर रेखा सापकोटा दाहालले एक्टिभ मिडिया नेपाल लाई जानकारी दिनुभयो । उहाले अब बनेपा नगरपालिका मा कोरोना पोजिटिभ देखिएकाहरु लाई नवनिर्मित आईसोलेसन मा राख्ने पनि बताउनुभयो ।