निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरमा फेरि ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।

थप