शुभकामना सिनेमा हल गोदामचोकमा आमा बुबाको लागि निशुल्क टिकट

  •   २ वर्ष अघि | २० भदौ २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे  । जिल्ला बनेपा नगरपालिका वडा नं ७ चारदोबाटो बाट १०० मिटर तल गोदामचोक नजिकै रहेको शुभकामना सिनेमा हलमा जेष्ठ आमा बुबाको लागि निशुल्क टिकट प्रदान गरिने भएको छ।

अत्याधुनिक सुविधा सहित नयाँ प्रविधिबाट सञ्चालनमा आएको शुभकामना सिनेमा हलमा फिल्मले आमा र सन्तान बीचको कथा बोकेको झिगेदाँउ नेपाली कथानक चलचित्र चलिरहेको छ । सोमवार  ११ः३० बजे र  साँझ ५ः३० बजे सो बाट लागुहुने गरी नेपाली चलचित्र ‘झिँगेदाउ’ प्रदर्शन भइन्जेल जेष्ठ आमा बुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने हलका प्रवन्धक दुर्गालाल प्रदानले बताउनुभयो ।

 सम्पूर्ण आमा बुबाहरुलाई फिल्म देखाउने पायौं भने हामी आफुलाई भाग्यमानी ठान्ने छौ, उहाँले भन्नुभयो ।


शुभकामना सिनेमा हल बनेपा गोदामचोकमा 

सम्पर्क : 9851055022

    नोट २ः३० बजे र  स्पेसल नाइट शो ८ः३० बजे को सो नेपाली फिल्म समालिन्छ कहिले मन । 

थप