समाजसेवी अनिलाले गरिन बाल मन्दिरलाई सहयोग

  •   १ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे। समाजसेवी अनिला कायस्थले धुलिखेल अड्डा बजारमा रहेको श्री बाल मन्दिर आधारभुत बिद्यालयका १२२ जना विद्यार्थीहरु लाई सहयोग गर्नुभएको छ।

 स्व पिता राम चन्द्र कायस्थको १५ औ पुन्य तिथिमा अनिलाले विद्यार्थीहरूलाई ट्रयाक सुट  वितरण गर्नुभएको हो।

सहयोग वितरण तथा समाजसेवा मा अनिला कायस्थ  एक चिरपरिचित नाम हो।

उहाँले विभिन्न समयमा विद्यालय, बृद्धा आश्रम ,दुखि गरिबलाई सकेको सहयोग गर्दै आउनुभएको छ।

आज सहयोग कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर,अतिथि शिक्षा शाखा प्रमुख भोजराज ठकुरी ,विद्यालयका प्रिन्सिपल तोयानाथ उप्रेती ,विशिष्ट अतिथि सवर प्रजापति लगायतका व्यक्तिहरुको उपस्थितिमा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।


थप