प्रभात आधारभूत विद्यालयमा बनेपा हेल्थ केयरको नि:शुल्क स्वास्थ्य शिविर

  •   २ वर्ष अघि | २८ भदौ २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा । बनेपा वडा नं ३ मा रहेको प्रभात आधारभूत विद्यालयमा बनेपा हेल्थ केयरले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। जिल्लाको बनेपामा स्थापित बनेपा हेल्थ केयरले सामाजिक उत्तरदायित्वलाई सदैव नजिकबाट बहन गर्ने गरेको छ ।
कोरोनाको महामारी होस् वा सार्वजनिक यातायातका चालकको स्वास्थ्य परीक्षण, काभ्रेमा हुने खेलकुद प्रतियोगितमा मात्रै हैन सामाजिक र धार्मिक कार्यहरुमा बनेपा हेल्थ केयरले सदैव आफूलाई अघि बढाएको छ । निस्वार्थ रुपमा गर्ने हेल्थ केयरको कार्यलाई काभ्रेका जनताले मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।
त्यस्तै, ५८ औं बाल दिवस २०७९ को अवसरमा बनेपा नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा बनेपा नगरपालिका वडा न. ३ मा रहेको प्रभात विद्यालयका बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
शिविरमा १५७ जना बालबालिकाहरुको स्वास्थ्य जाँच, परामर्शसंगै निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो । उक्त शिविरमा कक्षा ६, ७,८,९ र १० का छात्राहरुलाई महिनावारी भएको बेलामा अपनाउनु पर्ने सावधानीको बारेमा सचेतना समेत दिइएको छ ।
हेल्थ केयरका प्रवन्ध निर्देशक शिव पौडलले समुदाय र हेल्थ केयर एक अर्काको परिपुरक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
नियमित रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, परामर्श कार्यक्रमसँगै सामाजिक संस्थासँगको समन्वयमा कार्यक्रमहरु गरिने बताउँदै बनेपा हेल्थ केयर काभ्रेलीको साझा संस्था रहेको जानकारी दिनुभयो ।

थप