निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कलम :सत्यको सशक्त संवाहक

  •   १० महिना अघि | २ पुस २०८२, बुधबार,     मणिराम दाहाल

काभ्रे ।सामाजिक जीवनमा सूचनाको महत्त्व कति छ ? कुनै समाजमा कुन घटना घटिरहेको छ, नेतृत्वले कस्ता निर्णय गरिरहेको छ, राज्यले कस्ता नीति बनाइरहेको छ, जनताको मनमा के पीडा छ—यी सबै कुरा सबैले थाहा पाउनु जरुरी छ। यिनै सबै प्रश्नको उत्तर दिने महत्वपूर्ण माध्यम पत्रकारिता हो। र पत्रकारिताको सबैभन्दा सशक्त हतियार हो—पत्रकारको कलम।

कलम साधारण वस्तु जस्तो लाग्न सक्छ, तर यो साधारण छैन। यही एक टुक्रा कलमले सत्यलाई उजागर गर्न सक्छ, अन्यायलाई चुनौती दिन सक्छ, शोषणको पर्दाफास गर्न सक्छ। यही कलमले सत्तालाई कठघरामा उभ्याउन सक्छ र निरिह जनताको आवाज बनेर परिवर्तनको दिशा देखाउन सक्छ। त्यसैले पत्रकारको कलमलाई साधारण अर्थको कलम मात्र भन्न सकिँदैन, यो लोकतन्त्रको मेरुदण्ड हो।

-:पत्रकारको कलम : सत्य बोल्ने साहस

पत्रकारिताको एउटै मुख्य ध्येय हुन्छ—सत्यको खोज।यो कार्य सहज छैन, किनकि सत्य प्रायः शक्तिशालीहरूलाई मन पर्दैन। अधिकारवादी सोच राख्नेहरू, भ्रष्टाचारमा डुबेकाहरू, अपराधको जालो बनाउनेहरू—यिनले सधैं सत्यलाई लुकाउन चाहन्छन्। तर पत्रकारको कलम त्यहीँ प्रहार गर्छ जहाँ अन्याय लुकेको हुन्छ।

नेपाली इतिहासमै हेर्ने हो भने विभिन्न राजनीतिक आन्दोलनहरूमा पत्रकारहरूको कलम ठूलो हतियार बनेको छ। पञ्चायतको दमनकालमा पनि पत्रकारहरूले सत्य लेख्ने हिम्मत गरे। लोकतन्त्र र गणतन्त्रका आन्दोलनहरूमा पत्रकारहरूले कलमलाई आवाज बनाइदिए। अहिले पनि मुलुकमा हुने गलत अभ्यास, सरकारी दुरुपयोग, सामाजिक कुकुरितिहरू पत्रकारकै कलमबाट पर्दाफास हुँदै आएका छन्।

सत्य बोल्दा धम्की, हिंसा, जीवनमाथि खतरा हुने गरेको छ। तर पत्रकारको मनोबल एकै चोटि गम्भीर हुन्छ—“सत्य बोलियो, समाजले प्रगति गर्छ।”कलम : दलित, महिला, श्रमिक, कृषकको आवाज हो।

सूचना पाउने हक सबै नागरिकको मौलिक अधिकार हो। तर समाजमा सबैको आवाज समान सुनिदैन। कुनै वर्गको आवाज बलियो हुन्छ, कुनै वर्गको आवाज सधैं दबाइन्छ। पत्रकारको कलम त्यहीँ बोल्छ जहाँ आवाज कमजोर हुन्छ।खेतपछाडि काम गर्ने किसान,कारखानामा पसिना बगाउने श्रमिक,विभेदको चपेटामा परेका दलित ,हिंसा बेहोरेकी महिला,अवसरबाट टाढा राखिएका युवा,यिनीहरूका पीडा कहिलेकाहीँ अदालत वा संसदसम्म पुग्दैन, तर पत्र र समाचारमार्फत पूरा देशले सुन्छ। पत्रकारको कलमले तिनलाई न्यायको ढोका सामु पुर्‍याइदिन्छ

-कलम र लोकतन्त्रको सम्बन्ध

लोकतन्त्रमा पत्रकारिता चौथो शक्ति हो भनिन्छ।किनभने जनताले राज्यका कामकाजबारे जानकारी पाउँछन्।सत्ताको दुरुपयोग रोक्ने प्रहरीको काम गर्छ। विकासका गलत नीति र बजेटका दुरुपयोग उजागर गर्छ।सार्वजनिक चासोका विषय राष्ट्रकै एजेन्डा बनाइदिन्छ। लोकतन्त्र जनताको आवाजमा टिका हुन्छ।र पत्रकारको कलम त्यो आवाजलाई direction दिने शक्ति हो।पत्रकारको कलम : जोखिमले भरिएको पेशा हो।पत्रकारितामा चुनौतीहरू अत्यन्तै छन्।कलमले नभन्नु पर्ने कुरा लेख्यो भने धम्की आउँछ,सामाजिक दवाब बढ्छ ,नोकरी गुम्ने सम्भावना रहन्छ ,कहिलेकाहीँ जीवन रक्षा नै कठिन हुन्छ।

नेपालमा पनि पत्रकारहरूमाथि आक्रमण, मिडियामाथि प्रतिबन्ध, अदालतमा मुद्दा—यी राम्रै उदाहरण हुन्। तर पत्रकारको मनमा एउटा अटल सिद्धान्त हुन्छ।

पत्रकारिता कुनै व्यक्तिको चाहना अनुसार होइन, सत्य अनुसार चल्छ।कलम अझै कमजोर कि बलियो? नयाँ चुनौतीहरू आजको युग डिजिटल युग हो।

सामाजिक सञ्जाल, अनलाइन, युट्युब—सूचनाको मात्रा अपार छ। तर त्यहीँ भ्रम, गलत सूचना र प्रचारको खेती पनि चलेको छ।:-पत्रकारको कलमले के-के गर्छ।,छानबिन गरेर तथ्य प्रस्तुत गर्छ ,स्रोत र प्रमाण खोजेर लेख्छ।जनतालाई विश्वसनीय सूचना दिन कसम खाएको हुन्छ

तर फेक–न्यूज, हल्ला र उत्तेजनाले कहिलेकाहीँ सत्यको आवाज दबिन्छ।

यसले पत्रकारका निम्ति थप दायित्व थपिदिन्छ—तथ्य प्रमाणीकरण, नैतिकता र विश्वसनीयता कायम राख्ने। काम सधैव एक असल पत्रकारले गर्न जरुरी हुन्छ ।(पत्रकार महासंघ काभ्रेले प्रकाशन गरेको  पत्रकारीता दर्पणमा प्रकाशित लेख)

लेखक:मणिराम दाहाल 


थप