काभ्रे प्रहरीले गर्‍यो हराएको मोबाइल समन्धित धनिलाई फिर्ता

  •   २ वर्ष अघि | ३१ साउन २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

धुलिखेल – काभ्रे प्रहरीले विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  प्रहरीले हराएको ११ वटा मोबाइल बरामद गरेर सम्बन्धित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बोलाएर हस्तान्तरण गरेको हो ।  

मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्ला भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद भएको थियो । कुनै  मोबाइल लामो समयमा भेटिएको छ भने कुनै कम समयमा फेला परेको हो। अधिकांश चोरी भएर हराएका समन्धित मोबाइल धनिको भनाई छ।
मोबाइल धनीलाई कार्यालयमा बोलाएर वितरण गरिएको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । 

थप